अर्पण बचत बागमती प्रदेशकै उत्कृष्ट

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरस्थित अर्पण बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औ स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘सरकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ मा बाग्मती प्रदेश शाखा स्तरीय नियमित कारोबार विधामा अर्पण बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको हो ।
उक्त सम्मानले अर्पण सहकारी संस्थालाई हौसला मिलेको संस्थाका अध्यक्ष मोहदत्त पौडेल (सुरज) ले बताए । उनले अर्पण सहकारीको नियमित कारोबारलाई अझ स्तरीय बनाउँदै लैजाने समेत प्रतिबद्धता जनाए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.