रत्ननगरमा मुसहर बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । राटरी क्लव अफ रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, राेट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयाेजना गरेका हुन । शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण गरि निःशुल्क औ षधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकाेटा घिमिरेले जानकारी दिनुभएको छ। परीक्षणका क्रममा बालबालिकाहरु कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले ग्रसित रहेकाे र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएकाे क्लबका एड्मिनिस्ट्रेसन चिएर रामकृष्ण दुवाडी (आर.के.) ले जानकारी दिनुभएको छ । राेटरीले बालबालिकाकाे स्वास्थ्य परिक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य सचेतना समेत दिएकाे छ ।

मुसहर समुदायलाई स्वास्थ्यकाे महत्वबुझाउदै राेग लाग्नबाट बच्नुकाे उपायका बारेमा सहजीकरण गरिएकाे क्लवकी अध्यक्ष सापकाेटाले जानकारी दिनुभएको छ। राेटरीका डिस्ट्रिक गभर्नर हरिप्रसाद सुवेदी प्रमुख अतिथि रहेकाे साे कार्यक्रमा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, स्पाउस क्लबकी अध्यक्ष राधिका तिमिल्सिना खनाल, राेट्याक्टका अध्यक्ष नविनजंग केसी सहित राेटरी क्लवका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । क्लवकी अध्यक्ष सापकाेटाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

राेटरी क्वल अफ रत्ननगरले यस अघि जिल्ला काराघारका कैदीबन्दीकाे स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेकाे थियाे । सामाजिक क्षेत्रमा क्रियाशिल साे संस्थाले सिसुवारका सीमान्तकृत मुसहर समुदायका लागि आवास निर्माण गरेकाे क्वलका पूर्व अध्यक्ष विपिन पाेखरेलले जानकारी दिनुभएको छ ।

निशुल्क स्वास्थ्य परिक्षण सिविरमा निको अस्पताल भरतपुरको प्राविधिक सहयोग रहेको थियो भने डाक्टर किशोर उप्रेतीले मुसहर बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुभएको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.