ब्लड डोनर्स सोसाइटीले भोली रत्ननगरमा बृहत रक्तदान कार्यक्रम गर्दै

पूर्वी चितवनको रत्ननगरमा भोली बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाको आयोजनामा रत्ननगर वडा नम्बर १ को सौराहाचोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा आजिवन सदस्य रमेश नेपालले जानकारी दिए । बिहान ७ बजेदेखी हुने रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान जस्तो पुण्यकर्म गर्न सबै रक्तदाताहरुमा संयोजक नेपालले आग्रह गरेका छन् । उनले सोही कार्यक्रममा ब्लड डोनर्स सोसाइटी रत्ननगर कमिटि   गठन गरिने जानकारी दिँदै  कमिटिमा रहेर काम गर्न इच्छुकलाई  उपस्थितीको लागि समेत आग्रह गरे ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.