तमु बिद्यार्थी चितवनको अध्यक्षमा रुक्सन गुरुङ्ग चयन

नेपाल तमु बिद्यार्थी जिल्ला कार्यसमिति चितवनको १२ औं अधिवेशन सम्पन्न भएको छ।

भेलाले रुक्सन गुरुङ्गको अध्यक्षतामा २९ सदस्यीय पदाधिकारी चयन गरेको छ जसको वरिष्ठ उपाध्यक्षमा डोल्मा गुरुङ्ग, उपाध्यक्षमा बिशु गुरुङ्ग, सचिवमा आयुष गुरुङ्ग, प्रचार सचिवमा बिधा गुरुङ्ग, सह-सचिवमा टीका गुरुङ्ग, कोषाध्यक्षमा सिर्जना गुरुङ्ग र सहकोषाध्यक्षमा सिर्जना गुरुङ्ग रहेका छन।

यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ्ग, खुसी गुरुङ्ग, ममता गुरुङ्ग, अन्कित गुरुङ्ग, जेनिशा गुरुङ्ग, उत्तम गुरुङ्ग, श्रुति गुरुङ्ग, रुपेश गुरुङ्ग, ममिराज गुरुङ्ग, अमृता गुरुङ्ग, विवस गुरुङ्ग, बाहादुर गुरुङ्ग, सौगात गुरुङ्ग, बिर्ख बाहादुर गुरुङ्ग, बिराज गुरुङ्ग, सिर्जना गुरुङ्ग, समीर गुरुङ्ग, सुभास गुरुङ्ग, र अस्विन गुरुङ्ग रहेका छन।

यस्तै नयाँ पदाधिकारी गठन सङ्गै भेलाले विभिन्न विभागका बिभागिय प्रमुखहरु समेत टुङ्गाएको छ। जस अन्तर्गत सास्कृतिक विभागमा एलिसा गुरुङ्ग, सङ्गठन विभागमा अभिषेक गुरुङ्ग, महिला विभागमा आकृती गुरुङ्ग र खेलकुद विभागमा कुमार गुरुङ्ग रहेका छन।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङ्गले आफुले तमु बिधार्थीको हक हितको लागि कार्य गर्ने बताउदै विधार्थीहरुलाई रचनात्मक कार्यमा लाग्न प्रेरित गर्न विभिन्न योजना बनाउदै अगाडि बढ्ने बताएका छन।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.