बछौलीमा निशुल्क आँखा सिविर ३७ जनामा देखियो मोतियाविन्दु निशुल्क उपचार गरिने

चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित बछाैलीमा बुधबार आयोजित निशुल्क  आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् ।

रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे शिविरमा रत्ननगर नगरपालिका वडा नं ५,६ र ७ , ग्रीन सोसाइटी नेपाल, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, ग्रीन सोसाइटी पब्लिक स्कूल, गैडा सामुदायिक पर्यटन सहकारी संस्था लि,सौराहा सामुदायिक पुस्तकालय लगायतका सामाजिक सघसंस्थाको आयोजनामा नेपालका वरिष्ठ एवं ख्याति प्राप्त विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।

शिविरमा परिक्षण गराएकामध्य ३७ जनामा मोतियाविन्दु देखिएको र पहिलो चरणमा ३० जनाको  निशुल्क शल्यक्रियाको लागि लगि भरतपुर अाखा अस्पताल लगिएको ग्रीन सोसाइटी नेपालका महासचिव श्रीलाल परियारले जानकारी दिए ।उनीहरुको भरतपुर आँखा अस्पतालको सहकार्यमा निशुल्क शल्यक्रिया गरिने परियारले बताए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.