Breaking news

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री   खाँण पक्राउ

काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
Read More
राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदानस्थल पुगेर संघीय र प्रदेश सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । संघीय संसदका तीनसय १३ र प्रदेशसभाका पाँचसय १८ सांसदले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका तीनसय ३४ जना र प्रदेशसभाका पाँचसय ५० जना सांसद मतदाता रहन्छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश…
Read More
बाजुरामा गयो ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरामा गयो ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरामा आज बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो एक बजेर ४५ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Read More
पोखरामा बस दुर्घटना, चालकसहित४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखरामा बस दुर्घटना, चालकसहित४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा जादै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।
Read More
ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बई लगिएको छ । फोक्सोमा नै असर गरेकाले चिकित्सकले सुुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई थप उपचारका लागि भारतको श्री एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ । भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँको दुवै हात गोडा र अनुहार जलेको छ । बुद्धनगरस्थित निवासमा हिजो बुधबार राति करिब १० बजे ग्यास लिक भएको थाहा पाएपछि आमा हरिकला पुगेको समयमा उक्त विस्फोट भएको थियो । सोही क्रममा आमालाई बचाउन…
Read More
गितानगरको एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

गितानगरको एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

भरतपुर महानगरपालिका–६ स्थित गितानगरको एक पसलमा आज बिहान आगलागी भएको छ । भरतपुर–१३ गंगानगर बस्ने कमला शर्माले सञ्चालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा आज बिहान करिब ६ः१५ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा ६ः३५ बजे आगो नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।
Read More
पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरा–१३ काहूँखोलामा हिजो आइतबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते हुनुभएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।उपचारकै क्रममा उहाँको आज बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आउनुभएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले हिजो आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेपछि उहाँलाई बचाउने क्रममा सापकोटा सख्त घाइते हुनुभएको थियो । घाइते दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।अस्पतालमा उपचार गराइरहनुभएका…
Read More
रवि लामिछानेले पूनः लिए नेपाली नागरिकता

रवि लामिछानेले पूनः लिए नेपाली नागरिकता

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्नुभएको छ । लामिछाने आज नागरिकता पुनःप्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुभएको थियो । सर्वोच्च अदालतले शुक्रबार लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाउनुभएको छ । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाउनुभएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध…
Read More
पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा फेरी आज आइतबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलामा डेरा गरी बस्दै आएका ४५ वर्षीय युवकले आत्मदाहको प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिकाका ४५ वर्षीय युवकले बाथरुममा छिरेर आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र युवकलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.