गितानगरको एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

भरतपुर महानगरपालिका–६ स्थित गितानगरको एक पसलमा आज बिहान आगलागी भएको छ । भरतपुर–१३ गंगानगर बस्ने कमला शर्माले सञ्चालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा आज बिहान करिब ६ः१५ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा ६ः३५ बजे आगो नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.