रेडियो अर्पण

797 Posts
सिन्धुलीमा आगलागीमा हुँदा चारवटा घर जले, एक करोड १६ लाख रुपैयाँभन्दा धेरैको क्षति

सिन्धुलीमा आगलागीमा हुँदा चारवटा घर जले, एक करोड १६ लाख रुपैयाँभन्दा धेरैको क्षति

सिन्धुलीमा आज सोमवार बिहान आगलागी हुँदा चार वटा घर जलेका छन् । कमलामाई नगरपालिका २ को चियाबारीमा राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगोले कौशल थापा, योगबहादुर थापा र गंगाबहादुर थापाको घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजकुमार श्रेष्ठको घर भाडामा लिएर व्यापार चलाउँदै आउनुभएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीमा परि नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
Read More
प्रतिनिधि सभा उपचुनावमा ठूला दलप्रति नागरिकले चासो देखाएनन् ः शेरबहादुर देउवा

प्रतिनिधि सभा उपचुनावमा ठूला दलप्रति नागरिकले चासो देखाएनन् ः शेरबहादुर देउवा

नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताउनुभएको छ । आज सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताउनुभएको हो । पार्टी सभापति देउवाले बैठकमा आउँदो वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको छ । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदो बजेटमा नागरिकका…
Read More
कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउन मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो । उहाँकाअनुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवमा १० गुणा बढी हुने गरेको छ । आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७०…
Read More
लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३  र विपक्षमा ५३ मत खस्यो

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो । आज सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत माग्नुभएको हो । गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उहाँको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उहाँले एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्यको मतमात्र पाउनुभयो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन…
Read More
चितवन २ को मतगणना सुरु

चितवन २ को मतगणना सुरु

चितवन २ को मतगणना सुरु भएको छ । इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो । त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।
Read More
निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

हिजो सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली काँग्रेस चितवनले लामिछाने सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टिकरण सोधिएको र आज त्यसको जवाफ आउने बताउनुभयो । निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र…
Read More
बारामा मतगणना सुरु

बारामा मतगणना सुरु

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहि बेर अगाडि शैक्षिक तालिम केन्द्रमा मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार हुनुहुन्छ । यसअघिको निर्वाचनमा बारा २ बाट विजयी हुनुभएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । चितवनको मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको हो । तनहुँ १ मा भने…
Read More
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो । हिजो आईतबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको थियो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।
Read More
चितवन–२ को मतगणनास्थलमा जिल्लाका सिडिओ नजाने

चितवन–२ को मतगणनास्थलमा जिल्लाका सिडिओ नजाने

चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने हुनुभएको छ । सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो । आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताउनुभएको थियो । यसैबीच सो क्षेत्रको उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।
Read More
भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः  सुरु

भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुरु

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान स्थल बाहिर नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको श्रेष्ठको भनाई छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.