चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने हुनुभएको छ । सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो । आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताउनुभएको थियो । यसैबीच सो क्षेत्रको उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।
चितवन–२ को मतगणनास्थलमा जिल्लाका सिडिओ नजाने
