मनोरञ्जन

टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक

टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक

आउँदो जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा नेपाल पनि सहभागी हुँदैछ । विश्वकपमा नेपालको पनि सहभागिता हुने भएपछि आम नेपालीमा विश्वकप नजिकिएसँगै उत्साह पनि बढ्दै गएको छ । विश्वकपलाई लक्षित गर्दै अहिले धमाधम म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टिमलाई समर्पित गर्दै 'जय होस् विजय होस्' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण प्रसाद न्यौपानेको स्वर तथा संगित रहेको उक्त म्युजिक भिडियो कालो कमिला नामक युट्युबबाट सार्वजनिक गरिएको हो । अनिल कुँवरको शब्द रहेको उक्त गीतलाई दिपक विश्वकर्माले एरेन्ज गरेका हुन् । अडियो ल्याबमा रेकेर्ड गरिएको उक्त गीतको…
Read More
प्रथम आदिवासी  जनजाती महोत्सवमा आज सहिमा श्रेष्ठ आउने

प्रथम आदिवासी जनजाती महोत्सवमा आज सहिमा श्रेष्ठ आउने

नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव–२०८०’ मा आज चर्चित गायक/गायिकाहरू सहिमा श्रेष्ठ, श्याम रानामगर, खड्का र भोजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिनेछन्। नारायणी नदी किनारमा जारी महोत्सवमा राष्ट्रिय कलाकारका आलवा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको प्रत्यक्ष दोहोरीमार्फत पनि भरपुर मनोरञ्जन प्रदान गरिने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए। महोत्सवमा आदिवासी जनजाति समुदायको साँस्कृतिक नृत्यले समेत प्राथमिकताका साथ मनोरञ्जन दिलाउँदै आएको छ। जिल्लामा संगठित १७ जातिले आ–आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। यो क्रम महोत्सव अवधिभर जारी रहने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए। महोत्सवभित्र आदिवासी…
Read More
सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयाेजना गरिएकाे १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएकाे छ । प्रणय दिवसकाे अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेकाे थियाे । पाँच दिन सम्म सञ्चालन भएकाे साे फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएकाे रेवान साैराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । फेस्टिवलकाे करिब ३० हजार पर्यटकले अबलाेकन गरेका छन् । चार दिन प्रवेश शुल्क नि:शुल्क गरेकाे रेवानले प्रणय दिवसकाे दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएकाे थियाे । साे दिन १२ हजार बढीले फेस्टिबल अबलाेकन गरेकाे अध्यक्ष गिरीले बताए । साैराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि साैराहामा पर्यटक…
Read More
प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ मैनाहा खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…
Read More
रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते   उद्घाटन हुने

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते उद्घाटन हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार…
Read More
सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक

सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक

चितवनका प्रतिभाशाली गायक सुजन गुरुङको "झलल देखियो छायाँ" सार्वजनिक भएको छ । चर्चित शब्दरचनाकार यादव लम्सालको शब्द तथा संगीतमा तयार भएको गीतमा सुजन गुरुङ लाई गायनमा चर्चित गायिका पूर्णकला विसीले साथ दिएकी छिन । गणेश चौधरीले संगीत संयोजन गरेको उक्त गीतको रेकर्डिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन् । स्टुडियो ड्रिम्स, पुतली सडक, काठमाण्डुमा रेकर्ड गरिएको यो गीतमा माया पिरतीको भाव प्रस्तुत गरिएको छ । सुजन गुरुङको आधिकारीक युट्युव च्यानल "सुजन गुरुङ इन्टरटेनमेन्ट" बाट सार्वजनिक गरिएको गीतलाई दिवस परियार दलेले निर्देशन गरेका छन् । गीतमा पुर्णिमा थापा र अजय श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर विकको कोरियोग्राफी, प्रदिप कंडेलको छायांकन…
Read More
अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

५ पौष, सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् । अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । 'सडक मै खाउ, सडक मै…
Read More
चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको आज बिहीबार बिहान ६६ वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको छ । आज बिहान साढे ५ बजे निधन भएपछि उहाँलाई अस्पताल लगिएको थियो । हाल उहाँको शव अस्पतालको शवगृहमा राखिएको छ । कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुने जनाइएको छ ।पोष्टमार्टमपछि उहाँको शव मुम्बई लगिनेछ । गत मार्च ७ मा मात्र कौशिक जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा सहभागी हुनुभएको थियो । उहाँले त्यहाँको तस्बिर ट्विट गर्दै सबैलाई होलीको शुभकामना समेत दिनुभएको थियो । सतीशको मृत्युको कारण भने खुल्न सकेको छैन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.