अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

५ पौष,
सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् ।

अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । ‘सडक मै खाउ, सडक मै रमाउँ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टंग अफ बार, भलिवल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत रही टक सो कार्यक्रम, स्वदेशी उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता, बालवालिकाहरुका लागी चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशन गरिने छ भने महोत्सव क्षेत्रमा व्यवसायीहरुले सजावटलाई प्राथमिकता दिने छन । महोत्सव फिस्टेल गेट देखि गैराको चौतारा हुदै लेकसाइड सम्म हुनेछ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराका सुर्य बहादुर भुजेलले ५ दिनसम्म चल्ने यो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहने बताए। महोत्सवमा प्रजापति पराजुली,बद्री पङ्गेनि, प्रीति आले, पशुपति शर्मा, पुरषाेत्तम न्याैपाने, दिपक बज्राचार्य, र्‍यापर लाउरे, द एलिमेन्ट्स ब्यान्ड, मुक्ति एन्ड रीभेल र द लक्ष्य ब्यान्ड को प्रस्तुति रहनुकाे साथै २५ औं सडक महोत्सव अर्थात् महाेत्सवकाे रजत वर्ष भएकाले अझ विशेष हुने भुजेलले बताए।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.