अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ । एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार मुनाफा भएको सहकारीका व्यवस्थापक भरत दाहालले जानकारी दिए । २०७७ साल फागुन १० गते स्थापना भएको सो सहकारीको कुद शेयर पूँजी ५ करोड २६ लाख ९६ हजार, ऋण लगानी ६ करोड ९४ लाख ८६ हजार रहेको छ । सो सहकारीले उद्योग, व्यापार,व्यासाय सञ्चालन, कृषि, शैक्षिक, बैदेशिक रोजगार,व्यक्तिगत, आकस्मिक, हायरपर्चेज, आवास निर्माण, घरजग्गा खरिद लगायतका शिर्षकमा ऋण लगानी गर्दै आएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा सहकारीका अध्यक्ष ज्ञानबहादुर विसुरालले भावि कार्ययोजना तथा आयव्याय विवरण तथा कोषाध्यक्ष विरञ्जना सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका संघका अध्यक्ष गिरीले व्यवसायको विकास र कृषि प्रर्वधनको क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । संघका अध्यक्ष विसुरालले बचत तथा ऋणको अलवा सहकारीले कृषि एग्रोभेट समेत सञ्चालन गरिरहेको बताए । शेयर सदस्यको आवश्यकतालाई मध्यनजर गरी लगानी गरिरहेको भन्दै उनले कृषि क्षेत्रको विकासमा जोड दिएको बताए । कार्यक्रममा तीन जना असल ऋणि, तीन जना बचत कर्ता सहित उत्कृष्ट कर्मचारीको रुपमा सन्तोष रेग्मीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव भीष्मप्रसाद खनाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेल, रत्ननगर रेडक्रस उपसभापति अनु गौतम, संरक्षण कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए । संस्थाका सचिव रघुनाथ भट्टले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोपालराज कर्मचार्यले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले अध्यक्षले प्रस्तुत गरेका दुई प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सो सहकारीको ८८७ जना शेयर सदस्य रहेका छन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.