सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयाेजना गरिएकाे १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएकाे छ । प्रणय दिवसकाे अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेकाे थियाे ।

पाँच दिन सम्म सञ्चालन भएकाे साे फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएकाे रेवान साैराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । फेस्टिवलकाे करिब ३० हजार पर्यटकले अबलाेकन गरेका छन् । चार दिन प्रवेश शुल्क नि:शुल्क गरेकाे रेवानले प्रणय दिवसकाे दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएकाे थियाे । साे दिन १२ हजार बढीले फेस्टिबल अबलाेकन गरेकाे अध्यक्ष गिरीले बताए । साैराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि साैराहामा पर्यटक भित्र्याउन हरेक बर्ष फेस्टिबल गर्दै आएका छन् । एक दिन लगाइएकाे प्रवेश शुल्क बापत भएकाे आम्दानी साैराहाकाे साैन्दर्यकणका लागि खर्च गर्ने याेजना रहेकाे अध्यक्ष गिरीले बताए ।

फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक सुर्यबहादुर रिमालले बताए । समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियाेगिता, ब्याडमिन्टन प्रतियाेगिता र म्युजिकल चियर प्रतियाेगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिबल सफल बनाउन सहयाेग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । साेही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीकाे उपचारकाे लागि रेवान साैराहाले १५ हजार र सपना भिलेज साेसल इम्प्याक्टले १५ हजार आर्थिक सहयाेग गरेका थिए । त्यसैगरी फेस्टिबलमा रहेका हाेटल तथा रेष्टुरेन्टका स्टलहरु मध्ये तीन वटालाई उत्कृष्ट छनाैट गरिएकाे छ । छनाैट प्रतियाेगितामा हाेटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्धितीय र हाेली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे हाे । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.