रत्ननगरमा विधालय होस्टेलमै छात्रा द्वारा आत्महत्या

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेल आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । घटना विहान १०:३० बजे भएकाे हाे ।

गाेरखा घर भई रत्ननगर वडा नं १५ माधवपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी छात्राले हाेस्टेलकाे काेठाकाे सिलिङमा स्काउटकाे डाेरीमा झुण्डिएर आत्महत्या गरेकी हुन । २ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी हाेस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवा आमाकाे सम्बन्धविच्छेद भएपछि सालिन मामा घरमा बसेर पढ्न थालेकाे बुझिएकाे छ । हाल आमा वैदेशिक राेजगारीकाे लागि दुवई र बुवा काठमाडाैंमा रहेका छन् ।

घटनाकाे कारण खुल्न सकेकाे छैन् । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । विद्यालयका शिक्षकहरुका अनुसार सालिन पाेखरेल अनुशासित र लगनशिल विद्यार्थी हुन ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.