प्रदेश स्वास्थ्य मन्त्री जोशीको निर्देशनमा गर्भवती महिलाको उद्दार

हेटौंडा, १८ फागुन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सपथग्रहण गरे लगत्तै गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । मन्त्री जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको थियो ।

सो निर्णयको कार्यविधि बनाई कार्यान्वयनमा आएको हो । रामेछाप जिल्ला, दोरम्बा सैलुङ गाउँपालिका वडा न. २ स्थायी निवासी ४० वर्षीय महिलालाई सुत्केरी हुने समयमा जटिलता आई हवाई उद्धार गरी उपचारका लागि पठाईएको छ । उद्धारका लागि अनुरोध भएपछि स्वास्थ्य निर्देशनालयका विशेषज्ञ चिकित्सकको टोलीको परामर्श पश्चात् बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको निःशुल्क हवाई उद्दार कार्यक्रम मार्फत गरिएको मन्त्री जोशीले जानकारी दिनुभयो । निज महिलाले ११०० ग्रामको बच्चालाई जन्म दिएको समेत अस्पताल स्रोतले जनाएको छ आमा र बच्चाको अहिले काठमाडौ स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा उपचार भैरहेको छ।

गत वर्ष जेठ ७ गते मन्त्री नियुक्त भएर सपथ लिएपछि मन्त्री जोशीले यो निर्णय गर्नुभएको थियो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम न्यूनिकरण गर्न यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म सानो छँदादेखि नै धेरै गर्भवती र सुत्केरीको उपचार अभावमा मृत्यु भएको देखेको थिएँ, यो समस्या जसरी पनि समाधान गर्नुपर्छ भनेर मन्त्री भएसँगै पहिलो निर्णय गरेको हुँ ।”

बागमती प्रदेशका कुनै पनि गर्भवती र सुत्केरीले उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भनेर नै यसलाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याईएको उहाँको भनाई छ । उहाँले यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनुभयो ।

कोही पनि नेपाली नागरिक उपचारबाट बञ्चित हुन परोस् भनेर आफू लागिपरेको भन्दै उहाँले गरिबीकै कारण उपचार नपाउने भन्ने नहुने बताउनुभयो । उहाँले भन्नुभयो “गरिब, विपन्नका लागि राज्यले उपचारको व्यवस्था गरेको छ, कोही पनि उपचार अभावमा छड्पटिनु पर्दैन ।” प्रदेश अस्पतालहरुमा शैया निःशुल्क गरेको जानकारी दिंदै मन्त्री जोशी निजी अस्पतालहरुमा पनि १० प्रतिशत निःशुल्क कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.