एक दिने कार्यशाला कार्यक्रम सम्पन्न

भरतपुर चैत्र २।। अर्किड मा वि भरतपुर -१० मा विद्यालय तहका बालबालिकाहरूलाइ सामाजिक सन्जाल र सूचना प्रविधिको जानकारी दिने उद्देश्यले ” साइवर सुरक्षा , ईन्टरनेट कार्यशाला ” सम्बन्धमा एक दिने कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।

रोट्र्याक्ट क्लब अफ भरतपुर हाइट र अर्किड मा वि कम्प्युटर शिक्षण विभाग को सहकार्यमा आयोजित कार्यक्रम मा १४० विद्यार्थीहरूको सहभागीता रहेको थियो। रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटका अध्यक्ष सुरज भण्डारी को उपस्तिथिमा सम्पन्न कार्यक्रम को सहजीकरण क्लब का रामकृष्ण लामिछाने र शिक्षकद्वय शरण श्रेष्ठ र अदिती विडारीले गर्नुभएको थियो।

अर्किड मा वि कम्प्युटर विषय विभाग प्रमुख अमित भुसालका अनुसार यस्तो कार्यक्रममार्फत कलिला बालबालिकाद्वारा उचित रूपमा सूचना प्रविधि को प्रयोग हुने अपेक्षा गरिएको हुन्छ; कार्यक्रममा पासवर्ड प्रयोग को तरिका र जोखिम , कम्प्युटर ह्याकिङ, अन लाइन बुलिङ को नकारात्मक असर बारेमा विद्यार्थिलाई सु सुचित गरिएको भुसालले बताउनु भयो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.