पिठुवा खानेपानीको निर्वाचन बिरुद्द नेपाल कम्युनिष्ट पार्टीको बिरोध


पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचन प्रक्रिया बिरुद्द नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ ।

रत्ननगर नगर कमिटिका सेक्रेटरी अर्जुन सी र इन्चार्ज सारदा सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा हाम्रो जनप्रिय पार्टी ने.क.पा. हालसम्म भएको विभिन्न राष्ट्रघात, जनघात, भ्रष्टचार, कालो बजारी लगायत विभिन्न बेथितिको विरुद्ध सघर्ष गर्दै आइरहेको पार्टी हो । यस्तै सन्दर्भ मा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचनमा स्थानिय उपभोक्ता र ने.क.पा. लाई बिना जानकारी केही संसदिय पार्टी (दल) हरुले निर्वाचन मिति तोक्दै, रत्ननगर भित्र रहेको अन्य सामाजिक संघ संस्थाहरुमा समेत आफ्नो मनोमानि तरिकाले समिति निर्माण गर्दै उक्त संस्थाहरुलाई अस्तव्यस्त बनाउने कार्य गरेको प्रति हाम्रो पार्टि ने.क.पा. को गम्भिर ध्यान आकर्षण भएको छ ।यसै सन्दर्भमा पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन मिति फाल्गुन ६ गते तोकिएकोले केहि दलहरुको भागबन्डा र मिलोमतोमा कथित निर्वाचन गर्ने कुचेष्टा गर्दै निर्वाचन प्रक्रिया अगाडी बढाए त्यसको विरुद्ध ने.क.पा. जुनसुकै कदम चाल्न बाध्य हुने र भइ परी आउने समस्या स्वयम् निर्वाचन समितिले जिम्मा लिनु पर्ने चेतावनी पनि दिन चाहन्छु, भनी जारी गरिएको बिज्ञप्ति मा उल्लेख गरिएको छ।
हाम्रो जनप्रिय पार्टी ने.क.पा. हालसम्म भएको विभिन्न राष्ट्रघात, जनघात, भ्रष्टचार, कालो बजारी लगायत विभिन्न बेथितिको विरुद्ध सघर्ष गर्दै आइरहेको पार्टी हो । यस्तै सन्दर्भ मा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचनमा स्थानिय उपभोक्ता र ने.क.पा. लाई बिना जानकारी केही संसदिय पार्टी (दल) हरुले निर्वाचन मिति तोक्दै, रत्ननगर भित्र रहेको अन्य सामाजिक संघ संस्थाहरुमा समेत आफ्नो मनोमानि तरिकाले समिति निर्माण गर्दै उक्त संस्थाहरुलाई अस्तव्यस्त बनाउने कार्य गरेको प्रति हाम्रो पार्टि ने.क.पा. को गम्भिर ध्यान आकर्षण भएको छ ।यसै सन्दर्भमा पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन मिति फाल्गुन ६ गते तोकिएकोले केहि दलहरुको भागबन्डा र मिलोमतोमा कथित निर्वाचन गर्ने कुचेष्टा गर्दै निर्वाचन प्रक्रिया अगाडी बढाए त्यसको विरुद्ध ने.क.पा. जुनसुकै कदम चाल्न बाध्य हुने र भइ परी आउने समस्या स्वयम् निर्वाचन समितिले जिम्मा लिनु पर्ने चेतावनी पनि दिन चाहन्छु, भनी जारी गरिएको बिज्ञप्ति मा उल्लेख गरिएको छ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.