चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन्।

घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू भागेका छन्।

घाइतेहरूलाई उपचारका एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर