कर्पोरेट

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
एक महिनामा भित्रियो एकसय चार अर्ब रेमिट्यान्स

एक महिनामा भित्रियो एकसय चार अर्ब रेमिट्यान्स

नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चालु आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले…
Read More
मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज शुक्रवार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख २६ हजार चारसय ६५ जनाले २२ लाख ६४ हजार छ सय ५५ कित्ता प्राप्त गरेका हुन् । आईपीओ प्राप्त गर्नेमध्ये पाँच जनाले थप एक÷एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने दुई लाख २६ हजार चारसय ६० जनाले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीले गत फागुन ४ गतेदेखि १० गतेसम्म २२ लाख ६४…
Read More
टेकमाईण्ड्स नेटवर्कको दशैं अफर सार्वजनिक

टेकमाईण्ड्स नेटवर्कको दशैं अफर सार्वजनिक

रत्ननगर । इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्डस नेटवर्कले ग्राहकहरुका लागि दसैँ अफर सार्वजनिक गरेको छ । सो कम्पनीले ४० एमबिपिएस स्पिडको इन्टरनेट प्रति महिना रु ६६६ मा उपलब्ध गराउने गरी अफर सार्वजनिक गरेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले वडादसैँको अबसर पारेर अफर सार्वजनिक गरेको र मौकाको फाइदा लिन ग्राहकहरुलाई आग्रह गरेको छ । कम्पनीका पूर्वी चितवन प्रमुख यमन भुषालले वडादसैँको अवसरमा ग्राहकहरुले केही न केही अफर खोज्ने भन्दै सामान्य आर्थिक हैसियत भएकाहरुले समेत इन्टरनेटको प्रयोग गर्न सकुन भनेर रु ६६६ मा ईन्टरनेटको सेवा प्रदान गर्न लागिएको बताए । भुषालले यो सेवा बार्षिक ग्राहकका लागि मात्र रहने जानकारी…
Read More
बैंकहरूमा ८ अर्ब निक्षेप थपियो

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो

काठमाडौं, पुस १९ । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।…
Read More
ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

काठमाडौं, पुस १९ । ग्लोबल आइएमई  बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरूलाई सम्मान गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र  बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरे । कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल बैंकले उत्कृष्ट बैंकिङ सबैको लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तिय संस्थाहरू मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.