ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

काठमाडौं, पुस १९ । ग्लोबल आइएमई  बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरूलाई सम्मान गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र  बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल बैंकले उत्कृष्ट बैंकिङ सबैको लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तिय संस्थाहरू मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । हाल  बैंकमा ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ रुपैयाँ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित  बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार २ सय भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।

बैंकले आफ्ना १५ औँ वर्षको अवसरमा मूलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरूको आयोजन गरेको छ । यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताका आयोजना गरेको थियो । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.