चितवनमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने

चितवन, पुस १९ । चितवनमा डिष्ट्रिक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् ।

सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताए । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् । ती टिम बी डिभिजनमा झर्ने छन् । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश हुनेछन्। प्रतियोगितामा १३ टिम सहभागी हुने छन्। हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन । विजेताले नगद रु एक लाख र ट्रफी, मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु ५० हजार नगद र ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

तेस्रो र चौथो हुने टिमले समान रु २५ हजार नगद प्राप्त गर्नेछन् । हरेक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु एक हजार, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई समान रु पाँच हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता पूरा गर्न करिब रु सात लाख खर्च लाग्ने जनाइएको छ । स्थानीय प्रायोजक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आर्थिक सहयोग गरेका छन्।

सहभागी टिममा साविक विजेता सौराहा युवा समाज सौराहासहित माडी–११ माडी, एभरेस्ट क्लब चितवन, गीतानगर व्वाइज क्लब, नारायणगढ फुटबल क्लब एनएफसी, हर्दी युवा समाज भण्डारा, नारायणी मोटर्स युनिक क्लब वसेनी, एष्ट्रल युथ सोसाइटी चोकबजार, नारायणी फुटबल क्लब, पानस युवा क्लब कृष्णपुर, केविए ग्लोबल भरतपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर छन् ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.