राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुङ्ग्याउन जुट्यो गठबन्धन

काठमाडौँ, पुस १९ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगकाअनुसार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न पुस २० गतेको समय निर्धारण गरेको छ ।

यसअघि गठबन्धनको बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहहरू सहभागी छन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.