प्रवास

थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उहाँलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको थप उपचार दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ । उहाँलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । हिजो मंगलबार बिहान राष्ट्रपति पौडेल बेहोश भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँको छातीमा पीप जमेको अस्पताल स्रोतले जनाएको छ । एक साता अगाडि पनि उहाँ बिरामी परेर शिक्षण अस्पतालमै उपचार गरेर फर्किनुभएको थियो । पौडेलको परिवारले नै थप उपचारका लागि…
Read More
तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका यहि वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो । २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्न मिल्ने गरी नाका खुलाइएको थियो । तर कोभिड सुरु भएसँगै पुनः बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो । अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्न मिल्ने गरी नाका खुलाउने सहमति भएको हो । तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ । हिजो सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा…
Read More
भारतमा भेटिए एकै दिन छ हजार जनाभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा भेटिए एकै दिन छ हजार जनाभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो संख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा थपिएको संख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार तीन सय तीन जना पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा…
Read More
भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात नेपाली बालबालिकाको उद्धार

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात नेपाली बालबालिकाको उद्धार

भारतको– नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय जना बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाको उद्धार गरेका हुन् । सात दिनसम्म चौबिसै घण्टा…
Read More
तेस्रो पटक चीनको राष्ट्रपति बने सी चिनफिङ

तेस्रो पटक चीनको राष्ट्रपति बने सी चिनफिङ

सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन हुनुभएको छ । आज शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो । चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब तीन हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिए। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो । सन् २०१८ मा संविधानमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति…
Read More
चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको आज बिहीबार बिहान ६६ वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको छ । आज बिहान साढे ५ बजे निधन भएपछि उहाँलाई अस्पताल लगिएको थियो । हाल उहाँको शव अस्पतालको शवगृहमा राखिएको छ । कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुने जनाइएको छ ।पोष्टमार्टमपछि उहाँको शव मुम्बई लगिनेछ । गत मार्च ७ मा मात्र कौशिक जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा सहभागी हुनुभएको थियो । उहाँले त्यहाँको तस्बिर ट्विट गर्दै सबैलाई होलीको शुभकामना समेत दिनुभएको थियो । सतीशको मृत्युको कारण भने खुल्न सकेको छैन ।
Read More
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले आज मंगलबार टोली घोषणा गर्नुभएको हो । घोषणा भएका उक्त नेपाली टोलीमा गोलकिपरतर्फ सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी रहनुभएको छ भने डिफेन्डरतर्फ अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु हुनुहुन्छ । त्यस्तै मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ र फरवार्डतर्फ दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहनुभएको छ । रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय…
Read More
इराकमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु, चार जना घाइते

इराकमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु, चार जना घाइते

इराकमा हिजो सोमबार राति भएको बम विस्फोटमा परेर पाँचजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको जनाइएको छ । दियाला प्रहरीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकको किनारामा कुनै अज्ञात समुहले बम राखेको थियो । सोही बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो । सो सडक भएर हिडिरहेका चार जना बटुवा घाइते भएको बताइएको छ । यस विषयमा इराकी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट…
Read More
बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी हुँदा दुई हजारभन्दा धेरै घर जले, १२ हजार मानिस घरबारविहीन

बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी हुँदा दुई हजारभन्दा धेरै घर जले, १२ हजार मानिस घरबारविहीन

बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा हिजो भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । उक्त आगलागीबाट शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जलेका छन् । मानिसहरुले भागेर ज्यान बचाउन सफल भएपनि घर र घरभित्र रहेका सामग्री भने जलेर नष्ट भएको जनाइएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको बताइएको छ । हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ । बङ्लादेशका रोहिङ्ग्या शिविरमा बारम्बार…
Read More
भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा हिजो फेला परेको थियो । भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत चँदारा फागनु १४ गतेका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराराउनुभएको थियो । उहाँको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो । त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको जनाइएको छ । बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको परिवारको आरोप छ । लास पानीमाथि नआओस् भनेर रुखको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.