भारतमा भेटिए एकै दिन छ हजार जनाभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो संख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा थपिएको संख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार तीन सय तीन जना पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गत जनवरीमा पहिलो पटक यो भेरिएन्ट फेला परेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.