भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा हिजो फेला परेको थियो ।
भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत चँदारा फागनु १४ गतेका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराराउनुभएको थियो । उहाँको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो ।
त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको जनाइएको छ । बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको परिवारको आरोप छ । लास पानीमाथि नआओस् भनेर रुखको हाँगाहरु माथि राखेर ढुङगाले छोपेको बताइएको छ ।
हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको आशंका छ । मृतकका बुवाआमाले लामो समयदेखि भारतमा मजदुरी गरेर छोरा र छोरीलाई उतै पढाउँदै आएका थिए । उनीहरूले आफ्नो छोराको हत्या भएको भन्दै घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर