इराकमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु, चार जना घाइते

इराकमा हिजो सोमबार राति भएको बम विस्फोटमा परेर पाँचजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको जनाइएको छ ।
दियाला प्रहरीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकको किनारामा कुनै अज्ञात समुहले बम राखेको थियो । सोही बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो ।
सो सडक भएर हिडिरहेका चार जना बटुवा घाइते भएको बताइएको छ । यस विषयमा इराकी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.