राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि सुरू भएको छ
उक्त अभियान अन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ । उक्त अभियान आज र भोलि दुई दिनसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशभरीका बालबालिकालाई पायक पर्ने स्वास्थ्य चौकीमा लगि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन अभिभावकहरूलाई अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइनेछ ।
सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । जुकाको औषधी भने एक वर्षमाथिका बालबालिकालाई खुवाइन्छ ।
बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी
