बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा आफ्ना विद्यार्थी नसमेटिएको भन्दै गवै मा.बि को आपत्ती

खैरहनी नगरपालिका १३–मा रहेको गवै माध्यमिक विद्यालयले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आफ्ना विद्यार्थी नसमेटिएको भन्दै आपत्ती जनाएको छ ।
जिल्ला स्तरीय प्रतियोगीतामा प्रथम हुने विद्यालयलाई उक्त रनिङ शिल्ड प्रतियोगीताबारे जानकारी नै नगराई अन्य विद्यालयका छात्राहरुलाई मात्र सहभागी गराएको भन्दै गवै मा.वि.ले आपत्ती जनाएको हो ।
जिल्ला स्तरीय प्रतियोगीतामा प्रथम हुने गवै मा.विका एक जना छात्रा पनि सहभागी नहुनुको मुख्य कारण के हो र उक्त खेलकुदको अन्य छनोटको प्रक्रिया कसरी गरिएको हो भन्ने बारेमा विद्यालयको जिज्ञासा रहेकाले सम्बन्धीत निकायले यसबारे चासो देखाउनुपर्ने सहायक प्रधानध्यापक केदार शिवाकोटीले बताउनुभएको छ । विद्यालयले आफ्नो जिज्ञासाको उत्तर दिन सम्बन्धीत खेलको कोच एवम् जिल्ला खेलकुद विकास परिषद् चितवनसँग माग गरेको छ ।
गवै मा.वि. मा अध्ययनरत छात्राहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता र कबड्डी खेलमा नगर स्तरीय प्रतियोगीतामा प्रथम हुनुका साथै चितवन जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत प्रथम स्थान हासील गर्न सफल भएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.