चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकले आज सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पु¥याएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीले ‘न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘मेरिट मिच्न पाइँदैन’, ‘अस्पतालमा डाक्टर खै ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.