दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक रहेका छन् ।
आज सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले खैराचोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । प्रहरीले ट्रक चालक नवलपरासीको सरावल गाउँपालिका– ३ पिपराका २८ वर्षीय ध्रुवकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर