नेपालको संविधानले स्वास्थ्यको हकलाइ मौलिक हक अन्तर्गत राखेको भए पनि आर्थिक अवस्था कमजोर हुदाँ नागरिकहरू रोग पालेरै बस्न बाध्य भएका छन् । देशमा तीन तहको सरकार भए पनि विपन्न नागरिकलाई उपचार गर्नै सकस छ । विशेषगरि जटिल रोग लागेका र दुर्घटनामा परेर घाइते भएकाहरू दीर्घ रोग खप्न बाध्य भइरहेका छन् । माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका ६५ वर्षका मोतिकला सार्कीले आर्थिक अवस्था कमजोर हुँदा ५ वर्षदेखि ओछ्यानमै थला परेको बताउनुभयो । सोहि स्थानका रेकम घर्ति मगरले दुर्घटनामा परेर घाइते भएको शरिरको उपचार गर्न रकमको अभाव भएको बताउनुभयो । नाजुक आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर रोग पालेर बस्ने तथा अकालमा मृत्यु भएकाहरू प्यूठानमा धेरै छन् । संविधानको व्यवस्था अनुसार नागरिकको उपचार निशुल्क रूपमा गरिदिनुपर्ने सरोकारवाला बताउँछन् ।
आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।