कर्णाली

सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मंगलबार मुद्दा दायर गरेको हो । अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ । यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५०…
Read More
कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाद्धारा फिर्ता

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाद्धारा फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले आज समर्थन फिर्ताको पत्र बुझाउनुभएको छ । राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निर्णयलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ ।कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । तर, शर्मा अल्पमतमा भने पर्नुभएको छैन ।…
Read More
सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा एक महिलाको दुर्घटनामा परी मृत्यु भएको विषयमा भएको प्रदर्शनका क्रममा आज सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको थियो । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ । केही भट्काउ समूहले उग्रता मच्चाएपछि ठुलो मात्रामा प्रहरी परिचालन…
Read More
कर्णाली  प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिनुभयो । त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालु आव २०७९–०८० असार मसान्तसम्म साविकको दिएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधार र जलस्रोत तथा ऊर्जातर्फ)ले साविकको कार्य जिम्मेवारी अनुसारकै कार्य क्षेत्रमा कामकाज…
Read More
सुर्खेतको तीन पालीकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेतको तीन पालीकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेतका तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन केसीले सुझाव दिनुभयो । दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।
Read More
जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गयो, अन्य तीन जना बिरामी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गयो, अन्य तीन जना बिरामी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । अन्य तीन जना बिरामी परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ–८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु…
Read More
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भिर घाईते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भिर घाईते

सुर्खेतमा आज विहान गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेत आउँदै गरेको गाडी रत्नराजमार्ग अन्र्तगत भेरी पुल नजिक झुप्रा खोलामा भएको उक्त दुर्घटनामा २७ वर्षिय चालक सागर शाही, यात्रुहरु दैलेख गुराँस गाउँपालिकाका ३३ वर्षिय दिपेन्द्रजंग शाही, सोही गाउँपालिकाका ३६ वर्षिय राजेन्द्र बीसी र भगवतीमाई गाउँपालिकाका ३१ वर्षिय बबिन शाहीको मृत्यु भएको हो । दुर्घटनामा परी एकजना गम्भिर घाईते भएका छन । घाईते भएका भैरवी गाउँपालिका ५ का २५ वर्षिय विरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Read More
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

कैलाली, पुस २३ । कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस
Read More
डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

जाजरकोट, पुस १९ । मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका(७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ । घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने कठायतले जानकारी दिए । दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम…
Read More
डोटीका विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटीका विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी, पुस १८ । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् । उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।” प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ । हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.