सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भिर घाईते

सुर्खेतमा आज विहान गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेत आउँदै गरेको गाडी रत्नराजमार्ग अन्र्तगत भेरी पुल नजिक झुप्रा खोलामा भएको उक्त दुर्घटनामा २७ वर्षिय चालक सागर शाही, यात्रुहरु दैलेख गुराँस गाउँपालिकाका ३३ वर्षिय दिपेन्द्रजंग शाही, सोही गाउँपालिकाका ३६ वर्षिय राजेन्द्र बीसी र भगवतीमाई गाउँपालिकाका ३१ वर्षिय बबिन शाहीको मृत्यु भएको हो ।
दुर्घटनामा परी एकजना गम्भिर घाईते भएका छन । घाईते भएका भैरवी गाउँपालिका ५ का २५ वर्षिय विरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.