जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना दाजुभाई रहेको बताइएको छ ।
मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि मृतक विष्णुका परिवारलाई अपहरणकारीले सुरुमा ५० लाख रुपैयाँ फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । पछि फिरौती रकम २० लाखसम्म बुझाउन दबाब दिएका थिए । परिवारले विष्णुसँग कुरा गराउन भन्दा अपहरणकारीले मानेका थिएनन् । पछि अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर परिवारलाई सुनाउने गरेका थिए । यता, मृतक विष्णुको परिवारले अपहरणकारीले मागेको २० लाख रुपैयाँ दिन राजी भएपछि अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाही मलङ्गवा नाकामा आउन भनेका थिए । विष्णुका परिवारले त्यो कुरा प्रहरीलाई जानकारीसमेत गराएका थिए । तर, गत मङ्गलवारदेखि भने अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । त्यसको चार दिनपछि भारतीय प्रहरीले त्यसै क्षेत्रमा दुवैजनाको शव भेटेपछि आज बिहान मृतकका आफन्तलाई खबर गरेको हो ।
मृतक दुवै जनाको परिवार यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा बस्दै आए पनि अंशबण्डापछि अलग–अलग बस्दै आएका थिए । अहिले उनीहरुको शव भारतको बेला परिहार पर्साको प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.