जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गयो, अन्य तीन जना बिरामी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । अन्य तीन जना बिरामी परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ–८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.