Admin

126 Posts
हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

पुस २० । हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्या प्रयास भएको छ । देश स्वतन्त्र भएको वर्षगाँठ समारोहमा सहभागी भएका बेला शनिबार बन्दूकधारीबाट प्रधानमन्त्री हेनरीको हत्या प्रयास भएको हो। उत्तरी सहर गोनावेशस्थित एक चर्चमा कार्यक्रम भइरहेका बेला प्रधानमन्त्री हेनरीलाई लक्षित गर्दै थुप्रै पटक गोली चलेको अधिकारीहरुले जनाएका छन्। प्रधानमन्त्री हेनरी सुरक्षाकर्मीको घेरामा उम्किन सफल भएका छन्।  गत जुलाईमा राष्ट्रपति जोभेनेल मोसेको हत्या भएपछि हाइटीको सुरक्षा अवस्था बिग्रिँदै गएको छ । हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण र ग्यास वितरण केन्द्रहरुमा नियन्त्रण जमाएको शक्तिशाली गिरोहमाथि कारबाही गर्ने संकल्प गरेका थिए। ग्यास वितरण केन्द्रहरु विद्रोहीले कब्जा गर्दा हाइटीमा ग्यास आपूर्तिको गम्भीर संकटसँग जुधिरहेको छ। प्रधानमन्त्री कार्यालयले…
Read More
चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

चितवन, पुस २० । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिएकाछन् । जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या…
Read More
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

पुस २० । केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा जित निकालेको छ । सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो । प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अघि बढाएका थिए । नुनो मेन्डेसको कर्नरमा किम्पेम्बेले हेड गोल गरेका थिए । एम्बाप्पले तीनै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोलमा किम्पेम्बेको सहयोग लिए भने दोस्रो गोलमा जाभी सिमोन्सको पासलाई सदुपयोग गरे । जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । उनले पीएसजीका लागि १ सय ५० गोल पुरा…
Read More
युनाईटेड घरमै पराजित

युनाईटेड घरमै पराजित

पुस २० । म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा हार ब्यहोरेको छ । सोमबार राति युनाईटेड घरेलु मैदान ओल्डट्राफोर्डमा उल्भ्ससँग १–० ले पराजित बनेको हो । उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको थियो । पाहुना टोलीको जितमा जोआओ मौटिन्होले ८२ औं मिनेटमा गोल गरेका थिए । युनाईटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो । उल्भ्सका गोलकपिर जोसे साले इन्जुरी समयमा उत्कृष्ट बचाउ गर्दै पाहुना टोलीलाई अंक दिलाए । ब्रुनो फर्नान्डेजको फ्रि–किकलाई उनले उत्कृष्ट ढंगले बचाउ गरेका थिए । युनाईटेड शीर्ष स्थानमा…
Read More
इजरायलमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

इजरायलमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

तेल अवीव, पुस २० । इजरायलमा कोरोना भाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो । कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् । खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् । तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ । देशमा चौथो मात्राको खोप लगाउन सुरु…
Read More
दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

सोल, पुस २० । कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् । ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए । उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु…
Read More
आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

काठमाडौँ, पुस २० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड…
Read More
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

पुस २० । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Read More
राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारको मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारको मनोनयन आज

काठमाडौँ, पुस २० । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार  बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र  नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५…
Read More
आजको राशिफल: २०७८ साल पुष २० गते मंगलवार

आजको राशिफल: २०७८ साल पुष २० गते मंगलवार

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार ई.सं.२०२२ जनवरी ४ नेपाल सम्बत ११४१ पोहेलाथ्व  पुष शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा  नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६: ५५ बजे, सूर्यास्त साँझ ५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५० मिनेट देखि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.