हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

पुस २० । हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्या प्रयास भएको छ । देश स्वतन्त्र भएको वर्षगाँठ समारोहमा सहभागी भएका बेला शनिबार बन्दूकधारीबाट प्रधानमन्त्री हेनरीको हत्या प्रयास भएको हो।

उत्तरी सहर गोनावेशस्थित एक चर्चमा कार्यक्रम भइरहेका बेला प्रधानमन्त्री हेनरीलाई लक्षित गर्दै थुप्रै पटक गोली चलेको अधिकारीहरुले जनाएका छन्। प्रधानमन्त्री हेनरी सुरक्षाकर्मीको घेरामा उम्किन सफल भएका छन्।  गत जुलाईमा राष्ट्रपति जोभेनेल मोसेको हत्या भएपछि हाइटीको सुरक्षा अवस्था बिग्रिँदै गएको छ । हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण र ग्यास वितरण केन्द्रहरुमा नियन्त्रण जमाएको शक्तिशाली गिरोहमाथि कारबाही गर्ने संकल्प गरेका थिए।

ग्यास वितरण केन्द्रहरु विद्रोहीले कब्जा गर्दा हाइटीमा ग्यास आपूर्तिको गम्भीर संकटसँग जुधिरहेको छ। प्रधानमन्त्री कार्यालयले हत्याको प्रयास पछाडी लुटेरा र आतंकवादी समूहको हात रहेको जनाएको छ।

हत्याको प्रयास गर्ने समूहका व्यक्ति चर्चभित्र घुसेर पादरीलाई नियन्त्रणमा लिएको र प्रधानमन्त्रीलाई ताकेर गोली चलाएको अधिकारीहरुले बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी र सुरक्षाबलबीच भएको भिडन्तमा एक व्यक्तिको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.