कोरिया अध्ययन गर्न जाने बिद्यार्थीलाई GKSU स्कलरसिप गोल्डेन इमिनेन्टले दिने

चितवन । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति उपलव्ध गराउने भएको छ ।
विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्न लागिएको बताउनुभयो ।
Kyungsung University र गोल्डेन इमिनेन्ट विच विद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउने विषयमा केहिदिनअघि दक्षिण कोरियामा आयोजित एक विशेष समारोहमा सम्झौता समेत भैसकेको छ । गोल्डेन इमिनेन्ट नेपालका सिइओ प्रकाश रिजाल र Kyungsung University अध्यक्ष जोङ जियोन लिले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
गोल्डेन इमिनेन्ट इन्टरनेशलबाट Global Business, Administration, Global IT Engineering, Global Mechanical, Design Engineering, Global Hospitality Management लगायतका विषय अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्न सक्नेछन् । विद्यार्थीहको शैक्षिक योग्यताको आधारमा विश्वविद्यालयले न्यूनतम ३० देखि शतप्रतिशत सम्म छात्रबृति प्रदान गर्न सक्ने गोल्डेन इमिनेन्ट इन्टरनेशलले जनाएको छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.