नेपाल बिद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पसले हरितालिका तिजको अवसरमा यहि भाद्र २९ गते बिहान ७ बजे दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति विबेक उदासका अनुसार नेपाली नारीहरुको माहान पर्वको अवसरमा चेलिको सम्मान र आत्मियता साटासाट गर्न तिज विशेष सुभकामना आदान प्रदान ,बृहत् सास्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गरिएको बताएका छन।
कार्यक्रममा पुर्व मन्त्री एवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी प्रमुख अतिथी रहने कार्यक्रम संयोजक रितिसा चौलागाईंले जानकारी दिएकी छिन।