पुर्वी चितवनको रत्ननगर नगरपालिकामा दोस्रो टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ।
रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो।
नेपालीहरुको महान पर्व विजया दशमी तथा सुभ दिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगितामा रत्ननगर ५ भित्र रहेका टोल सुधार समितिमा रहेका खेलाडीहरुले टिम बनाई एक आपसमा प्रतिस्पर्धा गर्नेछन।
कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले झुवानी युवा क्लबले आयोजना गरेको कार्य तारिफयोग्य रहेको बताउदै वडाको तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको उक्त कार्यक्रम क्लबका उपाध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।