तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई गरिएको छ।
थर्ड् इन्डियन ओपन अन्तरास्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा चितवन जिल्लाको प्रतिनिधित्व गर्दौ भाग लिन जाने खेलाडीहरुलाई आज एक कार्यक्रमको विच विदाई गरिएको हो।
जिल्ला कार्य समिती सदस्य बिक्रम श्रेष्ठको नेतृत्वमा जान लागेका खेलाडीहरु रन्जन तामाङ्ग, सरिन नहर्की, सुयोग घिमिरे, प्रकाश महत्तो र हेन्सल थापा मगर रहेका छन् ।
नेपाल तेक्वान्दो संघमा आयोजित सुभकामना एवम विदाई कार्यक्रममा बोल्दै संघका सचिव शैलेश श्रेष्ठले खेलाडीहरुले देशको नाम राख्न सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ।
कार्यक्रममा तेक्वान्दो संघ चितवनका जिल्ला उपाध्यक्ष प्रदिप श्रेष्ठ रत्ननगर तेक्वान्दो खेलकुद बिकास समितीमा अध्यक्ष नारन नहर्की लगायत खेलाडी तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई
