चितवन जिल्ला लिग खेल्न जाने खेलाडीहरुलाई विदाई

चितवन जिल्ला लिग खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ।
रत्ननगर नगरपालिकाले आज चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको छ। नगरपालिकामा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका उप प्रमुख यादव प्रसाद पाठक रत्ननगर ६ का वडा अध्यक्ष किरण महत्तो, ७ का व्डा अध्यक्ष सजना महत्तो र ८ का वडा अध्यक्ष कृष्ण चौधरीले खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको हो।

सौराहा युवा समाजका अध्यक्ष रण बाहादुर घले (माईला) , उपाध्यक्ष प्रदिप श्रेष्ठ खेलप्रेमी एवम चितवन तेक्वान्दो संघका सचिव शैलेश श्रेष्ठको उपस्थितिमा खेलाडीहरुलाई विदाई गरिएको हो। सौराहा युवा समाजले यश अघि सम्पन्न जिल्ला लिगको उपाधी समेत जितिसकेको छ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.