भरतपुरमा आजदेखि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, उपमेयर अधिकारीद्वारा उद्घाटन
भरतपुर महानगरपालिका वडा न २१ ले आज मंगलबारबाट निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ । लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र भरतपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रमलाई भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले समाज परिवर्तनका संवाहक युवाहरूको लागि यो तालिम निकै प्रभावकारी हुने बताउनुभयो । युवाहरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन वडाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको उहाँको भनाई छ । उपप्रमुख अधिकारीले अब राज्यका सबै तह र तप्कामा यस वडाका युवायुवतीहरुको पहुँच पुग्ने छ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त…