चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै

यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनेगरी काम अघि बढाएको छ । सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वाेच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ ।
शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो ।
एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वाेच्चमा यातायात कार्यालय र महालक्ष्मी विरुद्ध रिट हालेको हो ।सर्वाेच्चले उत्प्रेषणको आदेश जारी नगरेपनि मुद्धा अदालतमा विचाराधिन अवस्थामा नै छ। सर्वाेच्चले के कसो भएको हो भनि सोधेको प्रश्नको जवाफ गत शुक्रबार नै पेश गरिसकेको यातायात कार्यालय चितवनले जनाएको छ ।
यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो । अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नविकरण फाँटको लागि अस्थायी (टिनको टहरा) संरचना बन्दै छ । उक्त टहरामा छ वटा कोठा बनाउने तयारी भइरहेको यातायात कार्यालयका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिनुभयो । उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । त्यस लगत्तै लाइसेन्सको सेवा सुरु हुने उहाँको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.