रेडियो अर्पण

797 Posts
नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।आज शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएको हो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे प्रतिनिधिसभामा हिजो बिहीबार भएको मतविभाजनबाट सभामुख चयन हुनु भएको थियो । २०६२– ६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको हिजोको बैठकमा भएको मत विभाजनमा घिमिरेको पक्षमा एकसय ६७ सांसदले मत दिएका थिए । उहाँको विपक्षमा एक सय मत परेको छ । दुईसय ७५ सदस्यीय प्रतिनिधिसभामा हिजो दुईसय ६८ जना सांसद उपस्थित भएका थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित…
Read More
उपसभामुखमा रास्वपाबाट इन्दिरा मगरको उम्मेदवारी दर्ता

उपसभामुखमा रास्वपाबाट इन्दिरा मगरको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उहाँले उपसभामुख पदका लागि उम्मेदवारी दिनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा इन्दिरा रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्तारुढ दलबीचको सहमति अनुसार उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको हुँदा सोहि सहमति अनुसार उपसभामुखको उम्मेदवार तय गरेको हो । उपसभामुखकी उम्मेदवार रानामगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा रराप्रपाका राजेन्द्र प्रसाद लिङ्देन हुनुहुन्छ । उपसभामुखको भोलि शनिबार निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको उप–सभामुख पदका…
Read More
बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा

बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा

ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा हिजो बिहीवार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । भाडाका मिनी बस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा गाडी कारबाहीमा परेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा गाडी जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा परेका हुन् । गाडी मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने…
Read More
सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा, पहिलो पटक पूर्वानुमान सूचीअनुसारकै सरूवा

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा, पहिलो पटक पूर्वानुमान सूचीअनुसारकै सरूवा

सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटमा कार्यरत धुब्रबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको…
Read More
सुनको मुल्य फेरी बढ्यो

सुनको मुल्य फेरी बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन…
Read More
भरतपुरमा विद्युतीय तार भूमिगत गर्दै, नक्साङ्कन, निरीक्षण र माटो परीक्षणका काम सम्पन्न

भरतपुरमा विद्युतीय तार भूमिगत गर्दै, नक्साङ्कन, निरीक्षण र माटो परीक्षणका काम सम्पन्न

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उहाँले जानकारी दिनुभयो । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको र फिल्डमा काम यहि माघ १६ गतेबाट हुने बताइएको छ । कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने सुवेदीको भनाई छ । पोखरा–भरतपुर…
Read More
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

पुर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागु भएको छ । एक हप्ता अगाडिबाट लागु भएको यस कार्यक्रममा बागमती प्रदेशका नागरिकले स्वास्थ्य सम्बन्धि विभिन्न १७ किसिमका सेवा पाउँछन् । सेवा लिनका लागि बागमती प्रदेशभित्र स्थायी बसोबास गरि नागरिकता भएको र ३० वर्ष उमेर नाघेको अनिवार्य हुनुपर्ने छ । कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा चिकित्सकलाई रिपोर्ट देखाउन सकिने उहाँको भनाई छ । विरामीको चाप हेरेर स्वास्थ्य परीक्षण गर्ने समय थप गर्ने अस्पतालको योजना छ ।…
Read More
रत्ननगरका १६ वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

रत्ननगरका १६ वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भू–उपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तक्र्रिया सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाले तयार पारेको भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो । रत्ननगर नगरपालिकाका १६वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । अन्तक्र्रियामा नेपाली कांग्रेस नगरसमिति सचिव अनिता अर्याल, नेकपा (एमाले) का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्यामप्रसाद बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, नेकपा (एकीकृत समाजवादी)का नगरसचिव आइआर अधिकारीलगायतले नगरभित्र रहेका सडकको मापदण्ड र जग्गा बिक्री गर्दा लिइने करका सम्बन्धमा सुझाव दिएका थिए । राजनीतिक…
Read More
उपसभामुखको चुनाव यहि माघ ७ गते हुने

उपसभामुखको चुनाव यहि माघ ७ गते हुने

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव यहि माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेको पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।
Read More
बाँकेको थप तीन पालिमा पनि फैलियो दादुरा संक्रमण

बाँकेको थप तीन पालिमा पनि फैलियो दादुरा संक्रमण

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्र देखिएको दादुरा संक्रमण अन्य पालिकामा समेत फैलिएको छ । यसअघि नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै देखिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा समेत फैलिएको जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जले जनाएको छ । खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुराको संक्रमण देखिएको हो । संक्रमण देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको स्वाथ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा हालसम्ममा एक सय ९१ जनामा दादुरा संक्रमण देखिएको छ नेपालगञ्ज उपमहानगरका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ भने खजुरा गाउँपालिकाका आठवटै वडामा खोप अभियान थालिएको छ । नेपालगञ्जका ३१ हजार ४२ र खजुराका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.