ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई कारबाही गरेको छ ।
काठमाडौंको बबरमहलमा हिजो बिहीवार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । भाडाका मिनी बस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा गाडी कारबाहीमा परेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा गाडी जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा परेका हुन् । गाडी मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले गाडीको अवस्था जाँच गरी दुरुस्त अवस्थामा राख्न चालकलाई अनुरोध गरिएको छ ।
बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा