रेडियो अर्पण

797 Posts
आउँदो माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन !

आउँदो माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन !

निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी सो परामर्श दिएका हुन् । भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीको उपस्थिति रहेको थियो । सो भेटघाटमा राष्ट्रियसभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनका विषयलगायत समसामयिक विषयमा छलफल…
Read More
प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)ले अब आउँदो पुस २६ गते मंगलबार विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिने जानकारी गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्दा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । दुई सय…
Read More
भरतपुरको पार्वतीपुरमा उपमेयर अधिकारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भरतपुरको पार्वतीपुरमा उपमेयर अधिकारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत आज सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा वितरण गर्नुभएको हो । आधारभूत बिद्यालय रंगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जना गरी एकसय नौ जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । मेयरसँग बालबालिका कार्यक्रम मुलत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रति लक्षित छ । कार्यक्रममा भरतपुर महानगरका उपमेयर अधिकारीले अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुनुनपर्ने बताउनुभयो । चिसोबाट थप कोही पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले…
Read More
कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ…
Read More
कम्बोडियामा ज्यान गुमाएका झापाका पाण्डेको सम्झनामा चितवनमा दीपप्रज्वलन

कम्बोडियामा ज्यान गुमाएका झापाका पाण्डेको सम्झनामा चितवनमा दीपप्रज्वलन

आगलागिबाट कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा चितवनका सचेत युवाले हिजो साँझ दीप प्रज्वलन गर्दै पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग भिडियो कलमार्फत अन्तिम कुराकानी गरेका थिए । त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । पाण्डेले परिवारसंग गरेको भिडियो सार्वजनिक भएपछि धेरैको आँखाबाट आँशु झरेको थियो । होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु समेत भएको थियो । दीप प्रज्वलनका लागि युवा अभियन्ता सन्देश वाग्ले, धर्मबहादुर कार्की,…
Read More
कोठामा निसासिएर भारतमा तीन नेपालीको गयो ज्यान

कोठामा निसासिएर भारतमा तीन नेपालीको गयो ज्यान

मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो । कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको जनाइएको छ । उनीहरु तीनै जना बन्द कोठामा कोइला बालेर सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।
Read More
शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्दै भरतपुर महानगरपालिका

शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्दै भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले शहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । महानगरले जनयुद्ध र जनआन्दोलनमा शहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको हो । आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले भरतपुर महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । आर्थिक सहायताको लागि आधिकारीक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । शहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको छ ।
Read More
दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन चितवनका किसानहरुको माग

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन चितवनका किसानहरुको माग

चितवन जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन् । हिजो आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँ किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले मूल्य नबढाए किसान पलायन हुने अवस्था आउने दाबी गर्नुभयो । दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले बतउनुभयो । राज्यकै नीतिका…
Read More
एक वर्षमा छ लाख १४ हजार एकसय ४८ पर्यटक भित्रिए  नेपाल

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ पर्यटक भित्रिए नेपाल

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । सन् २०२२ मा एक वर्षमा छ लाख १४ हजार एकसय ४८ विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०२१ को तुलनामा तीनसय नौ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा एकसय ६६ दशमलव ९२ प्रतिशत धेरै हो । सन् २०२२ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल…
Read More
चितवनमा मंगलबारदेखि होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन हुने

चितवनमा मंगलबारदेखि होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन हुने

चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आउँदो मंगलबारदेखि हुन भएको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहाले आउँदो पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी दिनुभएको हो । संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब सातसय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.