रेडियो अर्पण

797 Posts
पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता  हुँदै

पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुँदै

चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने बुद्धिचाल प्रतियोगिता हुने भएको छ । इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताबारे दिएको जानकारी अनुसार प्रतियोगीताको प्रवेश शुल्क एक हजार रहेको छ । प्रतियोगिता अब आउँदो पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि पाँचसय रुपैयाँ, विद्यार्थीको लागि चारसय र महिलाको लागि तीनसय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले पुस १५…
Read More
कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेसमा संसदीय दलको नेता चयन गर्न अब आउँदो बुधवार निर्वाचन हुने भएको छ । आज सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आगामी पुस ६ गते बुधवार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार आज सोमबार मतदाता नामावली प्रकाशन गर्ने र भोली पुष ५ गते मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यस्तै, भोली नै बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ ।भोली ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको…
Read More
सांसदहरूको शपथ आउँदो बिहिवार

सांसदहरूको शपथ आउँदो बिहिवार

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ बिहिवार १ बजे हुने भएको छ । गत मंसिर ४को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका दुईसय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते बिहिवार शपथ गर्ने तयारी गरिरहेको हो । नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको बताइएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने प्रावधान छ । सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको सोही विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन…
Read More
चितवनका विद्यालयमा प्रहरीको चेतनामूलक पाठ्यसामग्री

चितवनका विद्यालयमा प्रहरीको चेतनामूलक पाठ्यसामग्री

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चितवनका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो । विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा हिजो आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पु¥याएको हो । ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री…
Read More
नारायणगढ मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा भोलि ५ गते देखि एकमहिना दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read More
चितवनका दुई होटल व्यवसायी संगठनबीच भयो एकता ः ‘अर्थतन्त्र जोगाउन एकताबद्ध हुन आवश्यक’

चितवनका दुई होटल व्यवसायी संगठनबीच भयो एकता ः ‘अर्थतन्त्र जोगाउन एकताबद्ध हुन आवश्यक’

चितवनको होटल व्यवसायी संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघबीच हिजो आइतबार एकता भएको छ । उद्योग वाणिज्य संघ–चितवनको पहलमा होटल व्यवसायीका उक्त दुई संगठनबीच एकता भएको हो । होटल व्यवसायी संघ चार वर्षअघि फुटेको थियो । असन्तुष्ट समूहले होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ स्थापना गरेका थिए । दुवै संघको कार्यसमिति भङ्ग गरेर २९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । होटल व्यवसायी संघको तदर्थ समितिको अध्यक्षमा केशव हड्खोले चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा साबिक होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका कार्यवाहक अध्यक्ष यज्ञबहादुर कार्की, महासचिवमा सुरेन्द्र केसी, सचिवमा भवानी खनाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ चयन हुनुभएको…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ ।
Read More
अबको तीन महिनामै सरर केबलकारमै  मौलाकालिका पुगिने

अबको तीन महिनामै सरर केबलकारमै मौलाकालिका पुगिने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताउनुभयो । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । गैँडाकोटमा आइएमइ समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।…
Read More
फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप–२०२२ को सनसनीपूर्ण फाइनल प्रतियोगितामा अर्जेन्टिना विजयी भएको छ । हिजो आइतबार राति कतारको लुसेल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले ट्राइबेकरमा ४–२ गोल गर्दै विजयी भएको हो । अर्जेन्टिनाको लियोनेल मेसीले खेलको २२ औं थप समयको एकसय सात मिनेटमा साथै डि मारियाले ३५ औं मिनेटमा गोल गरे । फ्रान्सका तर्फबाट एमबाप्पेले ७९, ८०, एकसय १७ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी ल्याए । प्रतियोगितामा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाले शानका साथ तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको हो । खेल अवधिभर आठ गोल गर्दै फ्रान्सका एमबाप्पेले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सले सन् १९९८ र २०१८ को फाइनल जितेको थियो भने…
Read More
चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । गत साउनदेखि अहिलेसम्म भएका एकसय ७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेहरुमा ३३ पुरुष, पाँच महिला, एक बालक र एक बालिका रहेका छन् । ९१ गम्भीर घाइते र दुईसय १५ सामान्य घाइते भएका छन् । दुर्घटनामा दुईसय ४४ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी एकसय ३५ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३१, डेलिभरी भ्यान, जिप र कार ३४, माइक्रो छ, टेम्पो अटो रिक्सा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.