पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुँदै

चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताबारे दिएको जानकारी अनुसार प्रतियोगीताको प्रवेश शुल्क एक हजार रहेको छ । प्रतियोगिता अब आउँदो पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि पाँचसय रुपैयाँ, विद्यार्थीको लागि चारसय र महिलाको लागि तीनसय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा भाग लिन चाहनेले पुस १५ गते बिहान १० बजेभित्र आवेदन दिनसक्ने क्लबका अध्यक्ष प्रकाश त्रिपाठीले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो पुरस्कार १३ हजार, दोस्रो नौ हजार, तेस्रो पाँचहजार, चौथो–पाचौं र छैठौंलाई हुनेले दुई–दुई हजार रुपैयाँ जित्ने छन् ।

यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ । पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई–दुई हजार पुरस्कार रहेको छ । इच्छाकामना कै पहिलो हुनेको लागि पनि दुई हजार पुरस्कार रहेको छ । बुद्धिचाल खेल मात्र नभएर मस्तिस्कको कसरत समेत रहेको जिल्ला चेस संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । यस खेलले दिमागलाई तेज बनाउन मद्दत गर्नुका साथै यसमा भविष्य पनि राम्रो भएको उहाँको भनाइ थियो । प्रतियोगितमा जिल्ला भरका ४५ देखि ५० जना प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ । यसको कुल बजेट एक लाख ९० हजार तीनसय रुपैयाँ रहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.