राजनिती

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत थम्पसन आज शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्नुभएको हो । राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
Read More
स्ववियु निर्वाचन चैत ५ मा गर्न प्रस्ताव

स्ववियु निर्वाचन चैत ५ मा गर्न प्रस्ताव

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले अब आउँदो चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा आज बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो । विद्यार्थी संघ÷संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिनुभयो । हिउँदे बिदा‚ फागू पूर्णिमालगायतका कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद्ले जनाएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसक्नुभएको छ । कार्यकारीले अनुमोदन गरेपछि आउँदो चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ…
Read More
बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उक्त प्रदेशमा नयाँ सरकार गठनका लागि आउँदो २५ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्नुभएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बाग्मती प्रदेशमा कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३…
Read More
राष्ट्रिय सभाको रिक्त स्थानका लागि माघ २५ मा निर्वाचन

राष्ट्रिय सभाको रिक्त स्थानका लागि माघ २५ मा निर्वाचन

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि अब आउँदो माघ २५ मा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो माघ २५ मा निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएकोे थियो । लुम्बिनी प्रदेशबाट निर्वाचित भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।
Read More
अब सांसदलाई विद्युतीय हाजिरी

अब सांसदलाई विद्युतीय हाजिरी

राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ । सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ । संसद्को नियमावलीमै विद्युतीय हाजिरीको प्रावधान रहे पनि पदाधिकारीले नचाहेकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रतिनिधिसभामा यसअघि सांसदहरू बैठक सकिएपछि हाजिर गर्न संसद् भवन जाने गरेका थिए । केही सांसदले बैठकमा हाजिर छुटेको भन्दै भोलिपल्ट हाजिर गराउन सचिवालयका कर्मचारीलाई दबाब दिने गरेका थिए । अब विद्युतीय हाजिर सुरु गरेर बैठक बसेकै दिन…
Read More
आउँदो २३ मा सर्वोच्च बारको निर्वाचन

आउँदो २३ मा सर्वोच्च बारको निर्वाचन

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आउँदो पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै गरी सचिवमा लोकतान्त्रिकबाट…
Read More
आउँदो माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन !

आउँदो माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन !

निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी सो परामर्श दिएका हुन् । भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीको उपस्थिति रहेको थियो । सो भेटघाटमा राष्ट्रियसभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनका विषयलगायत समसामयिक विषयमा छलफल…
Read More
प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)ले अब आउँदो पुस २६ गते मंगलबार विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिने जानकारी गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्दा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । दुई सय…
Read More
फर्केर हेर्दा सन् २०२२ लाई

फर्केर हेर्दा सन् २०२२ लाई

दीपा चालिसे निरन्तर घुमिरहने घडिको सुईसँगै सेकेन्ड, मिनेट, घण्टा, दिन हँँुँदै आज कति छिटो तीनसय ६५ दिन पुगेर घुम्दै फिर्दै अङ्गेजी नयाँ वर्ष सन् २०२३ ले सबैको घर आँगनमा पाइला टेकिसकेको छ । सन् २०२२ लाई विभिन्न आरोह–अवरोहबीच बिदाई गर्दै हर्ष, उल्लास, उमंगका साथ अङ्गेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गरिसकेका छौं । विशेष गरी गएका वर्षहमा मुलुकमा के कस्ता गतिविधि भए, मुलुकको राजनीतिक अवस्था कस्तो रह्यो लगायतका विविध घटनाहरुको अनुभव गर्ने अवसर पाउनुका साथै आगामी दिनमा भएका भएका कमीकमजोरी केलाउने र त्यसलाई सुधार्ने मौका समेत पाउँछ । त्यसैले यो नयाँ वर्ष नयाँ, जोश, जागँर र उंमग र हर्ष,…
Read More
मधेस प्रदेशसभाका एकसय चार सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभाका एकसय चार सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभाका एकसय चार सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाउनुभएको हो । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण नगरेको जनाइएको छ । दुवैजना समानुपातिक सांसद हुन् । सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभाले जनाएको छ । मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी एकसय सात प्रदेश सांसद छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.